+
+

गठबन्धनको बैठकमा देउवाले भने : एमसीसी जसरी पनि संसदमा पेश गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते २०:००

५ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने बताएका छन् ।

बिहीबार साँझ बालुवाटारमा भएको बैठकमा उनले गठबन्भनका शीर्ष नेतारुहरुसँग एमसीसी सम्झौता जसरी पनि पेश गर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए । ‘तपाईंहरु जे सुकै गर्नुस्, सरकारले पेश गर्छ’ देउवाको भनाइ उधृत गर्दै ती नेताले भने ।

देउवाको भनाइमा जोड दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौता कम्तीमा संसदमा टेबल हुन दिन आग्रह गरे । उनले गठबन्धन पनि जोगाऔं र कम्तीमा एमसीसी टेबल गरौं भनेका ती नेताले बताए ।

तर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका थिए । त्यसपछि गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

‘एमसीसीलाई पूर्ववर्ती सरकाले टेबल गरेको हो । सरकार अविछिन्न उत्तराधिकार हो । फेब्रुअरी २८ (फागुन १६) सम्म यसलाई हामीले निष्कर्षमा पुर्‍याउनुपर्ने हुनाले (प्रधानमन्त्रीले) टेबल गर्न प्रस्ताव गर्नुभएको छ । यही प्रस्तावको वरिपरि बसेर धेरै छलफल भएको छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?