+
+

आइफोन १४ मा हुनेछ विशेष चिप्स, ब्याट्रीको समस्या हट्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १२:२१

एप्पलको बहुप्रतिक्षित आइफोनको नयाँ संस्करण आइफोन १४ का विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा विभिन्न खालका समाचार तथा खुलासाहरू  सार्वजनिक भैरहेका छन् ।

आइफोन १४ मा विद्यमान पछिल्लो संसकरण आइफोन १३ को भन्दा उच्च क्षमतायुक्त ब्याट्री हुने बताइएको छ । किनकि एप्पलले यो वर्ष आइफोनका लागि फाइभ जी चिप्समा परिवर्तन गर्ने योजना बनाइरहेको छ ।

एक रिपोर्ट अनुसार यो वर्ष सन् २०२२ को उत्तरार्धमा सार्वजनिक हुने आइफोन १४ का लागि एप्पलले फाइभ जी आर एफ चिप्स निर्माणका लागि TSMC कम्पनीसँग छलफल गर्दैछ ।

स्मरण रहोस् टिएसएमसी सबैभन्दा ठूलो स्मार्टफोन चिप्स कम्पनीमध्ये एक हो र हालै यसले आफ्नो अत्याधुनिक प्रविधिसँगै सामसुङ कम्पनीका लागिसमेत चिप्स उत्पादन गर्ने सम्झौता हासिल गर्न सफल भएको छ । अब एप्पलले पनि 5GR चिप्स उत्पादनका लागि TSMC कम्पनीलाई नै रोज्ने बताइएको छ ।

आइफोनमा राखिने नयाँ फाइभ जी चिप्सले कम ऊर्जा खपत गर्दछ । TSMC को नयाँ 5G चिप्सले ६ नानोमिटर आकारको रहेको कम्पनीले बताएको छ । यो आकार भनेको सामसुङका स्मार्टफोनमा वर्तमानमा प्रयोग भैरहेका चिपभन्दा सानो तथा ब्याट्री खपतको दृष्टिले पनि किफायती हो । यसको अर्थ आइफोन १४ मा ब्याट्रीको उच्च खपत भएर छिट्टै चार्ज रित्तिने समस्या नआउने बताइएको छ ।

पछिल्लो पटक उच्च क्षमतायुक्त डिस्प्ले, प्रोसेसर तथा क्यामराका लागि अत्याधुनिक प्रविधिको प्रयोगसँगै स्मार्टफोनहरुको ब्याट्रीमा दबाब परेको छ । जसका कारण फ्लागशीप फोनहरूमा ब्याट्री छिटो रित्तिने समस्या प्रयोगकर्ताहरुले भोग्ने आम समस्या बनेको छ ।

वास्तवमा धेरै फोन निर्माताहरुले पनि फोनको डिस्प्ले र क्यामराजस्ता फिचरमा बढी ध्यान दिने तर ब्याट्रीलाई नजरअन्दाज गर्ने गरेको पाइन्छ ।

आइफोनको ब्याट्री लाइफ उच्च बनाउनका लागि एप्पल यो वर्ष एक कदम अघि बढ्ने मनसायमा छ र त्यसका लागि TSMC कम्पनीलाई छानेको छ ।

सानो फाइभ जी चिप्सबाट न्यूनतम ब्याट्री खपतसँगै उच्च पर्फर्मेन्स प्रदान हुने अपेक्षा छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?