+
+

जीवनसाथी जुराउने नेपाली एप ‘बिहे नेपाल’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १४:१०
'बिहे नेपाल' एप सावर्जनिक गर्दै गायिका अभया सुब्बालगायत

१५ फागुन, काठमाडौं । विगतमा जीवनसाथी जुराउने काम लमीले गर्थे । लमीले बताएको व्यवहार र हुलियाको आधारमा एकपटक देखभेट गरेर जीवनभर साथ दिने साथीको खोजी गर्नुपर्ने हुन्थ्यो । तर जमाना फेरिएको छ । अहिले यो काममा प्रविधिले सहज बनाइदिएको छ । जस्तो कि ‘बिहे एप नेपाल’ ।

यो एक यस्तो एप हो, जहाँ अविवाहिताहरु जोडिन सक्छन् र आफ्नो मन मिल्ने जोडी खोज्न सक्छन् । त्यति मात्र होइन, यसैमार्फत प्रेमीप्रेमिकाको समेत खोजी गर्न सकिन्छ ।

यो एपबाट कसरी सेवा लिन सकिन्छ त ? एपको निर्माण कम्पनी रावा सफ्टवेयरकी सञ्चालिका श्रद्धा कटुवाल यो एउटा स्वतन्त्र एप्लिकेसन रहेको भन्दै यहाँ जोसुकैले पनि लगइन गरेर सेवा लिन सकिने बताउँछिन् ।

फेब्रुअरी २४ मा लन्च भएको सो एप एउटा माध्यम मात्रै हो । एप लगइन गरेपछि त्यहाँभित्र आफूलाई लायक लाग्ने व्यक्तिको खोजी गरी प्रस्ताव पठाउन सकिन्छ । दोस्रो व्यक्तिले प्रस्ताव स्वीकार गरेपछि एकअर्कामा च्याटिङ गर्न सकिन्छ । त्यहींबाट मिल्ने जोडी खोजिन्छ ।

‘यो एउटा माध्यम हो, जसले जीवनसाथी र प्रेमीप्रेमिका खोज्ने गर्छ,’ कटुवाल भन्छिन्, ‘हामीले फोटो र थोरै विवरण उपलब्ध गराएका हुन्छौं ।’ एपमा व्यक्तिको गोपनीयताको लागि नामको पहिलो अक्षर र थर मात्रै राख्ने गरिएको कटुवाल बताउँछिन् ।

संसारभर अनलाइन डेटिङको प्रचलन बढेको भन्दै नेपालमा समेत प्रविधिका माध्यमबाट साथी बनाउन यस्तो एप ल्याइएको उनी बताउँछिन् । बिहे नेपालको एप पहिलो पटक कात्तिकमा परीक्षण गरिएको थियो । त्यसयता तीन हजार युजर यो एपमा आवद्ध भइसकेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?