+
+

जीटूजीमार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता

पहिलो वर्ष १५० हजार मेट्रिकटन मल ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १७:२७

१६ फागुन, काठमाडौं । भारतबाट जीटूजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ ।

सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एव सहसचिव प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

‘जीटूजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिय मल दिन भारतसँग समझादरी भएको छ,’ प्रवक्ता सञ्जेलले भने, ‘पहिलो वर्ष एक लाख मेट्रिकटन युरिया र ५० हजार मेट्रिकटन डीएपी मल भारतले नेपाललाई दिनेछ, ।’

प्रवक्ता सञ्जेलकाअनुसार सोमबार आयोजित भर्चुअल कार्याक्रममा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास डा.गोविन्द प्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा के छ ?

तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालको पालामा अघि बढेको सम्झौता कोभिड-१९ महामारीका कारण प्रभावित भएको थियो । झण्डै डेढ वर्ष पछि दुई देशबीच भएको मल खरिद सम्बन्धी सम्झौता पछि अब नेपालको कृषि सामग्री कम्पनी र भारतको सोही तहको कम्पनीबीच मूल्य र खरिदमा सम्झौता हुनेछ ।

केही दिनमै हुने सम्झौताले चैते धान, मकै र वर्षायामको धानका लागि मल आइपुग्ने मन्त्रालयले जनाएको छ । नेपाल सरकारले स्वीकृत गरेर भारतसामू पेश गरेको समझारीअनुसार जीटूजीमार्फत पाँच वर्ष नेपालले भारतबाट मल पाउने छ ।

नेपालको कुल मल खपतको ३० प्रतिशत मल भारतबाट ल्याउन जीटूजी गरिएको हो । मल खरिदका लागि भएको प्रारम्भिक समझदारी अनुसार नेपाललले चार वर्षसम्म भारतबाट वर्षेनी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने छ । जसमा एक लाख मेट्रिकटन युरिया र ५० हजार मेट्रिकटन मल डीएपी हुनेछ । समझदारीको पाँचौँ वर्षमा भने साढे दुई लाख मेट्रिकटन मल नेपालले भारतबाट ल्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?