+
+

युक्रेन संकटबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते ८:१८

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।

विदेशमन्त्री एन्टोनीले बताए अनुसार मंगलबार साँझ भएको टेलिफोनमा युक्रेन संकटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् ।

‘रूसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भयो’ एन्टोनीले ट्वीट गरेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्नेछौं ।’

नेपालस्थित अमेरिकी दूतावासले टेलिफोन वार्तामा विदेशमन्त्री नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो सम्बन्धको चर्चा गर्दै एमसिसी सम्झौताबारे पनि कुरा गरेका थिए ।

एमसीसी अघि बढाउने निर्णयले विद्युतीय प्रसारण लाइन र सडक परियोजनासँग रोजगारी सिर्जना, पूर्वाधार निर्माण, तथा नेपालीहरूको जीवनस्तर उन्नतिमा भूमिका खेल्ने उनले बताएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?