+
+

सेयर बजारमा ६४ अंकको पहिरो, नेप्से परिसूचक २५ सयको लाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १५:११

१८ फागुन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २६ सय भन्दा तल झरेको छ । बुधबार ६३ दशमलव ९८ अंकले घटेर नेप्से परिसूचक १५ सय ४६ दशमलव ६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेको छ ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउदा कारोबार रकममा पनि उल्लास देखिएन । बुधबार ५५ हजार २१२ कारोबारबाट २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ धितोपत्र कारोबार भएका छन् । जसबाट काुरोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा रोकिएको छ ।

बजारमा उच्च अंकको गिरावट आउँदा तीन कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । सबैधन्दा धेरै बढ्नेमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य २२ रुपैयाँले बढेर ५७२ रुपैयाँ पुगेको छ ।

यसैगरी सिभिल बैंकको सेयर मूल्य २.८ रुपैयाँले बढेर २२६.३ रुपैयाँ पुगेको छ भने स्वावलम्बन लघुवित्तको सेयर मूल्य २० रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँ पुगेको छ । बाँकी सबै कम्पनीहरुको सेयर मूल्य बुधबार घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?