
२६ फागुन, काठमाडौं । सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ले भारतीय बक्स अफिसमा १०० करोडको आँकडा पार गरेको छ । बुधबार यो फिल्मले बक्स अफिसमा १०० करोड भारु कमाइ पार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोरोना महामारीको तेस्रो लहरपछि यो आँकडा पार गर्ने यो पहिलो बलिउड फिल्म समेत बनेको छ ।
अभिनेत्री आलिया भट्टको केन्द्रीय भूमिका रहेको ‘गंगुबाई काठियावाडी’ले समीक्षा पनि सकारात्मक पाएको छ । गत फेब्रुअरी २५ मा सिनेमा हलमा रिलिज भएको यो फिल्ममा आलियाका अलावा अजय देवगण, शान्तनु महेश्वरी, विजय राज लगायतको मुख्य भूमिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4