+
+

इन्धनको मूल्य वृद्धि फिर्ता लिन ट्रक व्यवसायीको माग

माग पूरा नभए ग्यारेजमा ट्रक थन्काउने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १६:५७

२६ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थमा हालै भएको मूल्य वृद्धिले ढुवानी व्यवसाय संकटमा परेको भन्दै व्यवसायीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका हुन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य वृद्धि फिर्ता लिन माग गर्ने निर्णय गरेको थियो ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै मूल्य वृद्धिले नेपाल ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा पारेको बताएका छन् ।

मूल्य वृद्धि तत्काल फिर्ता वा भाडा समायोजन नगरिए सात दिनभित्र देशैभर ढुवानी ठप्प पार्ने चेतावनी महासंघले दिएको छ ।

महासचिव बानियाँले भने,  ‘यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ढुवानी व्यवसायीको समस्याबारे हामीले अवगत गराएका छौं, उहाँ सकारात्मक नै हुनुहुन्छ, वास्तविक समस्या हलहुने हामीले आशा लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?