+
+

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क रेमिट्यान्स पठाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १६:४०

काठमाडौं । एनआईसी एशिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।

बैंकको मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएको हो ।

बैंकले १ चैत २०७८ देखि ३१ वैशाख २०७९  सम्म लागू हुने गरी यो योजना ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो योजना अनुसार एनआईसी एसिया मोबाइल बैंक प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्ने बै‌ंकले जनाएको छ ।

यो योजना प्रयोग गर्नका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मोबाइल बैंक भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्ने बैंकले जनाएको छ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?