+

कस्तो र कति नुन खाँदा स्वास्थ्यलाई फाइदा गर्छ ?

२०७८ चैत  २२ गते १८:५५ २०७८ चैत २२ गते १८:५५
कस्तो र कति नुन खाँदा स्वास्थ्यलाई फाइदा गर्छ ?

काठमाडौं । नुन खानाका लागि सोडियमको प्रमुख स्रोत हो । हाम्रो शारीरिक प्रक्रियामा विभिन्न किसिमले सोडियमको आवश्यकता परेको हुन्छ । कोशिकाले ठीकसँग काम गर्नका लागि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्स सन्तुलित रहोस् र ब्लड प्रेसर कन्ट्रोल गर्नका लागि पनि सोडियमले भूमिका खेल्ने गर्छ ।

यसकारण सोडियम हाम्रो शरीरको एक जरुरी हिस्सा हो । यसका अलावा सोडियमले शरीरमा कस्तो कस्तो भूमिका खेल्छ त ? हाम्रो शरीरलाई जति सोडियमको जरुरी पर्छ, त्यसको ९० प्रतिशत हिस्सा टेबल साल्ट या हामीले प्रयोग गर्ने नुनबाट पूरा हुन्छ । वैज्ञानिक भाषामा यसमा सोडियम क्लोराइड समेत भनिन्छ ।

विश्व स्वास्थ्य संगठनले स्वस्थ मानिसलाई दैनिक पाँच ग्रामभन्दा कम नुन खान सल्लाह दिने गर्छ । यो करिब एक चम्चा बराबर हुन्छ ।

नुन धेरै खाँदा के नोक्सानी हुन्छ ?

कुनै पनि उमेरका मान्छेले धेरै नुन खाँदा रक्तचाप बढ्न सक्छ । यसका अलावा खानपानमा नुन अधिक खानु पनि खतराको कुरा हो ।

अधिक नुन प्रयोगले मुटुको बिरामी, ग्यास्ट्रिक, क्यान्सर र मस्तिस्कमा रगतको प्रवाहमा नकारात्मक असर पर्न सक्छ । दिमागको कुनै नसा फुट्ने खतरा पनि हहुन्छ । साथै, हामीले खानपानमा नुनको मात्रालाई कम गरेर रक्तचापको स्तर कम गर्न सकिन्छ ।

कस्तो प्रकारको नुनमा सबैभन्दा कम सोडियम हुन्छ ?

बजारमा कैयौं प्रकारका नुन उपलब्ध छन् । जसको प्रयोग गरेर भोजनलाई प्रभावकारी बनाउने कोशिश गरिन्छ । सबैभन्दा स्वास्थ्यवद्र्धक नुन त्यही हो, जसमा सबैभन्दा कम मात्रामा सोडियम पाइन्छ ।

संसारका अलग–अलग स्थानमा नुन तयार गर्ने भिन्दाभिन्दै तरिका छन् । यसमा सामेल चिज, रंग र स्वादको आधारमा कैयौं प्रकारको नुन बजारमा पाइन्छन् । रिफाइन्ड नुन वा आम नुन सबैभन्दा धेरै प्रयोग गर्ने नुनमध्ये एक हो । यसमा ९७ देखि ९९ प्रतिशत सोडियम क्लोराइड हुन्छ ।

यो यतिधेरै प्रशोधित हुन्छ कि यसमा कुनै पनि कुरा अशुद्ध हुँदैन । तर पोषकतत्वको प्रयोगले समस्या निम्त्याउन सक्छ ।

उदाहरणका लागि समुद्री नुनको उदाहरण लिनुहोस्, यो समुद्रको नुन पानी वाष्पीकरण गरेर तयार पारिन्छ । यसमा प्रशोधन गरिंदैन । यसबाहेक यसमा आयोडिनको मात्रा पनि धेरै हुन्छ । जुन हाम्रो शरीरको लागि राम्रो मानिन्छ । समुद्री नुनमा सामान्य नुन भन्दा १० प्रतिशत कम सोडियम पाइन्छ ।

त्यसैगरी हिमालयबाट निकालिएको नुनमा पनि सोडियमको मात्रा कम हुन्छ । यसमा म्याग्नेसियम र पोटासियम जस्ता खनिज लवण धेरै पाइन्छन् । सेल्टिक नुन वा खैरो नुनमा पनि सोडियमको मात्रा कम हुन्छ । अन्य खनिज र लवण प्रशस्त मात्रामा हुन्छ ।

कम सोडियमयुक्त नुन

बजारमा कम सोडियमयुक्त नुन पनि पाउने गरिन्छ । जसमा सोडियमको मात्रा ५० प्रतिशतभन्दा कम हुन्छ । यससँगै पोटासियम नुनमा सोडियम नहुने वा भएपनि नगण्य मात्रामा हुन्छ । यो नुन चिकित्सकको सल्लाहमा मात्रै सेवन गर्नुपर्छ । धेरै नुनका कारण बिरामी भएकाले यस्तो नुन प्रयोग गर्न सक्छन् ।

के डिनर टेबलबाट नुन हटाउन सम्भव छ ?

धेरै नुन खानु स्वास्थ्यका लागि राम्रो होइन । यस्तो अवस्थामा आफ्नो लागि नुनको प्रकार छनोट गर्नुभन्दा पनि यसको मात्रालाई नियन्त्रण गर्नुपर्छ ।

युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनका अनुसार हाम्रो आहारमा ७० प्रतिशतभन्दा बढी सोडियम प्याकिङ गरिएको खानाबाट आउँछ । त्यसैले शरीरमा नुनको मात्रा कम गराउन तरकारीमा राख्ने नुनको मात्रा मात्रै घटाएर पुग्दैन ।

सुप, नुन परेको मासु, ससेज, नुन, माछा आदिमा पनि नुनको मात्रा पाइन्छ । चिप्स, फ्राइड नट र पपकर्न जस्ता नुनयुक्त खानाले पनि असर गरिरहेको हुन सक्छ । त्यसलाई पनि बिर्सनु हुँदैन ।

स्वादमा सम्झौता नगरी नुन कसरी घटाउने ?

नुनसँग सम्बन्धित यी सबै कुरा थाहा पाएपछि हामीले आफ्नो खानामा नुनको मात्रा घटाउन छुट्टै उपाय अपनाउन सक्छौं ।

ड्राइफुड र व्यावसायिक ससेजको प्रयोग कम गर्ने, नुनिलो खाजा खानुको सट्टा नुन नभएको खाजा खाने गर्नुपर्छ । जस्तै, प्राकृतिक नट, फलफूल, भटमास र नुनविना घरमै बनाएका परिकार खाने । नुन र मोनोसोडियम ग्लुटामेट भएका खानेकुरा सकेसम्म खानुहुँदैन ।

खानपान नुन स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय