+
+

भारतको सेना प्रमुखमा मनोज पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ७:२३

६ वैशाख, काठमाडौं । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो ।

यसै महिनाको अन्तिम (अप्रिल ३०)मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवानिवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी हुन् ।

हाल भारतीय सेनाको उपप्रमुख रहेका पाण्डे सेनाको शीर्ष स्थानमा पुग्ने पहिलो इन्जिनियरसमेत बन्ने समाचार एजेन्सी एएनआईले जनाएको छ ।

हालसम्म भारतीय सेनाको प्रमुख इन्फेन्ट्री, आर्मर्ड र आर्टिलरी अधिकारीहरु हुने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?