+
+

एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १२:५७

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकका अनुसार समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

यस बैंकले आव २०७८/७९ को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७४.७४ अर्ब पुर्‍याउन सफल भएको छ भने कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब रहेको छ ।
बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रू. ३.६० अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक बिन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले वार्षिक प्रति सेयर आम्दानी रू. ४१.९४ आर्जन गर्न सफल भएको छ भने २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको र निष्कृय कर्जालाई तेस्रो त्रैमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले आव २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आव २०७८/७९ को दोस्रो त्रैमासमा कर्जा विस्तार, निक्षेप संकलन, प्रति सेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको एनआईसी एशिया बैंकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?