+
+

बिर्सने बानी नयाँ कुरा सिक्ने प्रक्रिया हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १३:५०

काठमाडौं । दैनिक जीवनमा प्रयोग हुने स–साना कुराहरु हामी बिर्सिरहेका हुन्छौं । जस्तै, चाबी राखेको ठाउँ बिर्सिनु, सानो कागजको टुक्रा बिर्सिनु, मोबाइलमा रिचार्ज गर्न बिर्सिनु आदि ।

तपाईंलाई बिर्सिने बानी छ भने चिन्ता नलिनुहोस् । वैज्ञानिकले युवावस्थामा बिर्सिने बानीलार्ई  समस्या नमान्न भनेका छन् । उनीहरुका अनुसार बिर्सिनु नयाँ कुरा सिक्ने प्रक्रिया हो । बिर्सिनुले महत्वपूर्ण जानकारीसम्म पुर्‍याउन मद्दत गर्ने बताइन्छ ।

डब्लिनको ट्रिनिटी कलेज र क्यानडाको टोरन्टो विश्वविद्यालयको अगुवाइमा भएको अध्ययन अनुसार बिर्सिएका कुरा मान्छेले दोस्रो पटक नसम्झिने भन्ने नहुने देखिएको छ । उनीहरुले ती बिर्सिएका कुराहरु मस्तिष्कसम्म पुग्न मात्रै नपाउने बताएका छन् ।

मस्तिष्कको भण्डारण क्षमता

हामीले के बिर्सिने ? के गर्ने वा नगर्ने ? भन्ने कुरा मस्तिष्कले नै तय गर्ने शोधकर्ताको दाबी छ ।

केही स्थायी यादहरु स्नायुको तन्तुमा जम्मा हुने भएकाले ती अवचेतनका रुपमा मनमा रहन्छन् । जसका कारण मान्छेले ती कुरा कहिल्यै बिर्सिन सक्दैन । हाम्रा लागि के कुरा जरुरी छ, कुन याद आवश्यक छ भन्ने कुरा दिमागले नै निर्धारण गर्ने भएकाले उसले नै याद जम्मा गर्ने र हटाउने काम गर्ने शोधकर्ताले दाबी गरेका छन् ।

जिन्दगीमा हामीले अनेकौं यादहरु बनाउँछौं । तर तीमध्ये केही मात्रै सम्झनामा रहन्छन् । समयसँगै याद पनि विलिन हुँदै जाने आम धारणा छ । तर विज्ञहरुले यसलाई मस्तिष्कको भण्डारण गर्ने कारण बताइरहेका छन् । जसले काम नलाग्ने कुराहरुलाई बिर्सिन मद्दत गर्छ ।

ट्रिनिटी कलेजका स्नायु विज्ञ टामस रायन र टोरन्टो विश्वविद्यालयका पल फ्रयाङ्कल्याण्डले अल्जाइमरका बिरामीको कुरा भने फरक रहेको बताएका छन् । आम मानिसका लागि बिर्सिनु फाइदाजनक हुन सक्ने शोधकर्ताको तर्क छ ।

बिर्सिने बानीले व्यवहार लचिलो बनाउने र राम्रा निर्णय लिन सहयोग गर्ने उनीहरुले बताएका छन् । अध्ययन अनुसार बिरामीका कारण बिर्सिएका याद सम्झिने बनाउन सकिन्छ । तर अल्जाइमरका बिरामीलाई भने यो सम्भव हुँदैन ।

याद बसिरहनु र पुनः सम्झना हुनु ‘एनग्राम सेल्स’मा निर्भर

‘यादहरु स्नायुको तन्तुमा जम्मा हुन्छन् । जसलाई एनग्राम सेल्स भनिन्छ । याद बनिरहनु वा फिर्ता आउनु यिनै तन्तु पुनः सक्रिय हुँदा हुन्छ,’ डा. रायनले भनेका छन् ।

एनग्राम सेल्स सक्रिय नभएपनि मान्छे बिर्सिन थाल्छ । ‘यादहरु बाकसभित्र जम्मा भएका गहना जस्तै हुन् । जुन बाकस खोल्ने चाबी वा कोड हामीसँग हुँदैन । यादहरु फर्किने पनि यसैको कारण हो,’ उनले भनेका छन् । 

दैनिक भास्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?