+
+

सिमकोटमा मृत अवस्थामा भेटिए म्यादी प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १९:४१

१५ वैशाख, हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा एकजना म्यादी प्रहरी  मृत अवस्थामा भेटिएका छन् ।

सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा एकजना म्यादी प्रहरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिए ।

उनका अनुसार सर्केगाड गाउँपालिका वडा ६ घर भइ हाल सिमकोटमा बस्‍दै आएका अन्दाजी ४५ वर्षीय जस बहादुर रोकाया रहेको बताए ।  उनको मृत्‍युको घटना शंकास्पिद रहेकोले थप अनुसन्धान भइरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?