+
+

मन्त्रिपरिषद्ले किन गरेन सशस्त्र प्रहरी प्रमुखको नियुक्ति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १५:३६
फाइल तस्वीर

१८ वैशाख, काठमाडौं । आइतबार राति १२ बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक अवकाशमा जाँदैछन् ।

दुवै सुरक्षा निकायको नयाँ प्रहरी प्रमुख नियुक्त गर्न बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भनिएको थियो । दिउँसो १ बजे मात्रै मन्त्रपरिषद् बैठक बस्यो र नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्‍यो ।

तेस्रो नम्बर वरियतामा रहेका सिंहलाई बढुवा गरिएपछि पहिलो वरियताका विश्वराज पोखरेल र दोस्रो वरियताका सहकुलबहादुर थापाले अदालत जाने तयारी गरेका छन् ।

तर बैठकले सशस्त्र प्रहरी बलको महानिरीषकबारे चाहिँ कुनै निर्णय गरेन । एक मन्त्रीका अनुसार सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्तिबारे मन्त्रपरिषद् बैठकमा छलफल नै भएन ।

सशस्त्र प्रहरीमा आईजीपी नियुक्तिका लागि एआईजी राजु अर्याल एकल दाबेदार हुन् । उनलाई महानिरीक्षक बनाउन बाटो खुला गर्ने गरी सरकारले एक साताअघि एआईजी अर्याललाई एकल बढुवा गरेको थियो ।

गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्राविधिक कारणले सशस्त्र प्रहरीको बढुवासम्बन्धी निर्णय नभएको हो, फेरि बस्ने बैठकले यो विषय टुंग्याउँछ ।’ मन्त्रालयममा चाहिँ नेपाल प्रहरीका हालका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आईजीपी पुष्पराम केसीको विदाइ समारोह चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?