+
+

चुनावका बेला अमेरिका पुगेकी केकी भन्छिन्- मताधिकारको सही प्रयोग गर्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १४:०५
अभिनेत्री केकी अधिकारी । फाइल तस्वीर

काठमाडौं । अभिनेत्री केकी अधिकारी एक टेलिभिजन रियालिटी शोको कार्यक्रममा भाग लिन अहिले अमेरिकामा छिन् । विवाह गरेको एक सातामै उनी अर्की अभिनेत्री रीमा विश्वकर्मासँगै न्युयोर्क उडेकी हुन् ।

स्थानीय चुनावको छेकोमै विदेश उड्नुपरेपछि केकी मतदानबाट वञ्चित हुने भएकी छन् । मताधिकारको प्रयोग गर्न नपाएकोमा आफूलाई चित्त दुःखेको केकीले बताएकी छन् ।

फेसबुकमा स्टाटस लेख्दै केकीले निर्वाचनको समयमा देशबाहिर हुनु र बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुखेको उनले उल्लेख गरेकी छन् । ‘तपाईंहरुले एक भोटको मूल्य पक्कै बुझ्नुभएको छ । निर्वाचनमा सहभागी भई मताधिकारको सही प्रयोग गर्नुहोला,’ उनी लेख्छिन्, ‘शान्त, सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु ।’

केकी मात्र होइन, चुनावको मुखमै विदेश उडेका अन्य कलाकार पनि मताधिकारबाट वञ्चित हुनेछन् । अभिनेता सलोन बस्नेत ‘हनी बनी’ फिल्म छायांकनका लागि लण्डन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?