+
+

विराटनगरको मेयरमा नागेशलाई २ हजार ३३३ मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १२:५२

३ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता बढाएका छन् । उनले नेकपा एमालेका उम्मेदवार सागर थापासँग २ हजार ३३३ मतको अग्रता लिएका छन् ।

२८ हजार ८९ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले ९ हजार मत पाएका छन् । एमाले उम्मेदवार सागर थापाले ६ हजार ६६७ मत पाएका छन् ।  राप्रपा उम्मेदवार प्रल्हाद साहले १ हजार ८८८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८२५ मत पाएका छन् ।

उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवसँग २ हजार ८ सय २ मतले अग्रता बनाएकी छन् । कार्कीले ७ हजार ६४६ मत पाउँदा यादवले ४ हजार ८४४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा राप्रपा उम्मेदवार विन्दाकुमारी लुइँटेल आचार्यले २ हजार ३०२ मत प्राप्त गरेकी छन् ।  स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ६६९ मत प्राप्त गरेकी छन् ।

६ वडाको परिणाम : गठबन्धनलाई घाटा

विराटनगरको मेयर र उपमेयरमा गठबन्धन भए पनि वडामा दलका उम्मेदवारले खुला प्रतिस्पर्धा गरेका थिए । वडामा प्रतिस्पर्धा हुँदा  नेकपा एमालेलाई फाइदा भएको छ । ६ वटा वडाको मत गणना गर्दा एमालेले तीन वडा जितेको छ ।

विराटनगर महानगरपालिकामा १९ वडा छन् । विराटनगर १ र २ को  मंगलबार बिहान १६, १७, १८ र १९ नम्बर वडाको सोमबार गणना सकिएको हो । जसमा  एमालेले तीन, कांग्रेस, जसपा र स्वतन्त्र उम्मेदवारले १–१ वडामा जितेका छन् । ६ वटाको परिणाम आउँदा  गठबन्धन दलले  तीन वडा (१, १९ र १८) गुमाएका छन् ।

विराटनगर-१ को वडाध्यक्षमा एमालेका काजीबहादुर बस्नेत, विराटनगर-२ को वडाध्यक्षमा कुमार पोखरेल निर्वाचित भएका छन् । वडा नम्बर १ मा २०७४ सालमा नेपाली कांग्रेसले जितेको थियो भने पोखरेल नै वडाध्यक्ष थिए ।

विराटनगर-१६ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार उद्धव भुजेल विजयी भएका छन् । सो वडा यसअघि पनि कांग्रेसले नै जितेको थियो ।

विराटनगर-१७ मा जसपाका उम्मेदवार समिम कमर पुन: निर्वाचित हुँदा १९ नम्बर वडामा एमालेका उम्मेदवार श्याम घिमिरे विजयी भएका छन् । २०७४ मा यो वडामा नेपाली कांग्रेसका बागी उम्मेदवार विजयी भएका थिए ।

विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह विजयी भएका छन् । यो वडामा २०७४ सालमा जसपाले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?