+
+

पाँचथरको याङवरकको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १२:१५

४ जेठ, काठमाडौं । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भीमबहादुर योङया र उपाध्यक्षमा बावा मेयाङ्बो निर्वाचित भएका हुन् ।

योङयाले ४ हजा। ११८ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार मविन्द्र योङयालाई पराजित गरेका मविन्द्रले ४ हजार ३८ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार सुरेन्द्र लावतीले १८५ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित मेयाङबोले ३ हजार ९९८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार अर्जुनकुमार बेघाले ३ हजार ६७९ मत प्राप्त गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार रमला फेदाप तेचुङ शिगुले २०५ मत ल्याइन् ।

यो गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?