+
+

गोरखाको सिरानचोक गाउँपालिकामा कांग्रेसका गुरुङ र देवकोटा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १५:०८

५ जेठ, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा ज्ञानेन्द्र गुरुङ र उपाध्यक्षमा रीता देवकोटा निर्वाचित भएका हुन् ।

गुरुङले ५ हजार ४०३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार नवराज पुडासैनीले ४ हजार १६८ मत पाएका छन् ।

उपाध्यक्षमा निर्वाचित देवकोटाले ४ हजार ८०४ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी पूर्णकुमारी ढकालले ३ हजार ९०२ मत पाइन् । देवकोटा २०७४ सालको निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

आठ वडा रहेको उक्त पालिकामा पाँच वडा कांग्रेस र तीन वटा माओवादी केन्द्रले जितेको छ । वडा नम्बर १, २, ३, ४ र ८ मा कांग्रेस र वडा नम्बर ५, ६ र ७ मा माओवादी केन्द्र विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?