+
+

तनहुँको डुम्रेमा सवारी दर्ता, बिमलनगरबाट लाइसेन्स वितरण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १६:२५
फाइल तस्वीर ।

२६ जेठ, दमौली । तनहुँको बन्दिपूर गाउँपालिकास्थित डुम्रे बजारमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ता हुने भएको छ ।

कार्यालयले सवारी साधनको दर्ता गर्न सुरु गरेको कार्यालयका सूचना अधिकारी प्रदीप सापकोटाले जानकारी दिए ।

यसअघि सवारीसाधन दर्ताको लागि पोखरामा जानुपर्ने बाध्यता थियो ।

त्यस्तै यातायात व्यवस्था कार्यालय बिमलनगरले असार पहिलो साताबाटै लाइसेन्स वितरण गर्ने तयारी पनि गरेको छ ।

लाइसेन्सका लागि परीक्षा र ट्रायल लिने र पास गरेकालाई लाइसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए । यातायात व्यवस्था कार्यालय काठमाडौंले अनलाइनमा फर्म खुलाएपछि कार्यालयसँग समन्वय गरी बिमलनगरमा ट्रायल र लाइसेन्स दिने व्यवस्था मिलाइनेछ ।

बन्दिपूर ४ बिमलनगरस्थित लालकुमार श्रेष्ठको घरमा यातायात व्यवस्था कार्यालय सञ्चालनका लागि ५ वर्षे सम्झौता भइसकेको छ ।

कार्यालयबाट लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौं धाउनु पर्ने छैन । धादिङ जिल्लाका बासिन्दाहरुसमेत सेवा लिन तनहुँ नै आउने दावी कार्यालय प्रमुख क्षेत्रीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?