+
+

४ लाख मेट्रिक टन मल तत्काल चाहियो : सांसद अधिकारी  

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १४:५७

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले भारतबाट ल्याउने भनिएको जीटूजीको मल आइपुग्ने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

संसदमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले ४ लाख मेट्रिकटन मल तत्काल उपलब्ध गराउन माग गरे ।

किसानलाई तत्काल मल आवश्यक भएको भन्दै उनले सम्झौताको मल कहिले आइपुग्छ भन्ने सुनिश्चित हुनुपर्ने माग गरे । उनले भने, ‘भारतसँग सम्झौता गरेको भनेको मल कहाँ छ ? कहिले आइपुग्छ ? कि भदौ-असोजतिर आउने हो ?’

नेपाललाई वार्षिक १० लाख मेट्रिक टन खाद्यान्न अभाव भएको भन्दै अधिकारीले यस पटकको मल अभावले उत्पादन घट्ने बताए । विश्व खाद्य संकटको पूर्वसन्ध्यमा मल अभाव भएर उत्पादन घटे सरकारले आगामी संकट चिर्न सक्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?