+
+

जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १३:४१

१ असार, गुल्मी ।  जिल्ला समन्वय समिति (जिसस) गुल्मीमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका दोर्णबहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका छन् ।

कांग्रेसका खत्रीले १५ मत ल्याएर समन्वय प्रमुखमा विजयी भएका छन् । नेकपा एमालेतर्फका प्रमुखका उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामीले एमालेका उम्मेदवार रमादेवी पुनलाई ६ मतान्तरले नै पराजित गरेका  छन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीको जिसस सदस्यमा महेश्वर भण्डारी, शेरबहादुर विक, सुनिता जिसी कुवँर,शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र निरमाया राना विजयी भएका छन् ।

सदस्य सबैले १५ मत प्राप्त गरेका छन् भने महेश्वर भण्डारीले १४ मत ल्याएका छन् । जसमध्ये कार्की र कुँवर माओवादी केन्द्र, भण्डारी समाजवादी एवम् राना जनमोर्चाको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

अर्थात समन्वयमा गठबन्धनको तर्फबाट कांग्रेसले प्रमुखसहित चार, माओवादीले उपप्रमुखसहित तीन र समाजवादी र जनमोर्चाका एक/ एक सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?