+
+

काठमाडौंमा चुनाव लड्ने रवि लामिछानेको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १४:५७

२ असार, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’

उनले सञ्चारकर्म छाडेर पूर्णकालीन राजनीतिमा आउन लागेको समेत बताएका छन् ।

लामिछानेले सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम दिएको बताए । ‘एउटा सञ्चारकर्मीका रुपमा मैले सकेको गरेँ, के गरेँ, कति गरेँ, तपाई दर्शकहरुसँग त्यसको हिसाब छ’ उनले भने, ‘…अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्‍याउन चाहन्छु ।’

आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाउन लागेको उनको भनाइ छ ।

‘म आजबाट पूर्णकालीन राजनीतिमा आएको छु । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो । आफूले सञ्चालन गरिरहेको कार्यक्रम नयाँ पुस्तालाई हस्तान्तरण गर्ने र आफू राजनीतिको नयाँ पुस्ता बन्न चाहन्छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?