+
+

केपी ओलीसँग छलफल गर्न एमाले राष्ट्रियसभा सदस्य बालकोटमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १६:५५

९ असार, काठमाडौं । नेकपा एमालेका तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायतबारे छलफल गर्न सांसदहरु बालकोट पुगेका हुन् ।

‘हाम्रो आफ्नो कुरा अध्यक्षसँग राख्न र उहाँको निर्देशन सुन्न छलफलमा बस्न लागेका हौं’, एमाले राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले भने । राष्ट्रियसभाका उपाध्यक्ष र तीन विषयगत समितिको सभापति रिक्त रहेकाले त्यसमा एमालेको भूमिकाबारे पनि यो छलफल गरिने भट्टराईले बताए ।

‘समितिका सभापति रिक्त हुनु भनेको संसदीय अभ्यासमा राम्रो होइन, तर सत्ता पक्षको ध्यान यता गएको छैन’, भट्टराईले भने । प्रतिनिधिसभामा पठाइएको विधेयकहरु फिर्ता नभएकाले त्यसबारे पनि छलफल हुने उनले बताए ।

यसबाहेक राष्ट्रिय राजनीतिबारे पनि कुरा राख्नेगरी सांसदहरु बालकोट पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?