+
+

मोडल वाच : डाक्टर सुन्दरी सरिशा र वाचाल न्यान्सी !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १२:३७

काठमाडौं । ललितपुरकी सरिशा श्रेष्ठ पेशाले चिकित्सक हुन् भने विराटनगरकी न्यान्सी खड्का मोडलिङ पृष्ठभूमिबाट आएकी हुन् । यी दुई सुन्दरीले गत साता मिस नेपालका दुई महत्वपूर्ण टाइटल जितेका छन् ।

सरिशाले मिस नेपाल अर्थ र न्यान्सीले मिस नेपाल इन्टरनेसनल उपाधि जितेका छन् । सौन्दर्यसँगै बौद्धिक क्षमताका यी दुई सुन्दरी आगामी अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालको नाम चम्काउन चाहन्छन् ।

प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको महत्वपूर्ण टाइटल जितेपछि सरिशाले आफ्नो दायित्व वातावरण संरक्षण र जनचेतना जगाउने रहेको बताएकी छन् । न्यान्सी नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा फैलाउन चाहन्छिन् । यसका लागि आफूहरुले सक्दो सहयोग गर्ने उनीहरुको भनाइ छ ।

अनलाइनखबरको स्टुडियोमा अन्तर्वार्ताका लागि तस्वीर खिचाउँदा उनीहरुको सौन्दर्य खुलेको थियो । सौन्दर्यसँगै बौद्धिक स्वभावका सरिशा र न्यान्सी मिस नेपाल प्लेटफर्मलाई आफ्नो आवाज सुनाउने माध्यमको रुपमा अगाडि बढाउन चाहन्छन् ।

ललितपुरको एक अस्पतालकी जागिरे समेत रहेकी सरिशा बौद्धिकता, सामाजिक दायित्व र सौन्दर्यलाई एक ठाउँमा जोड्नुपर्ने बताउँछिन् । यसअघि मिस नेपाल युनिभर्सकी रनरअप भइसकेकी न्यान्सी नेपाली पेजेन्टलाई समाजसँग जोड्न चाहन्छिन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?