+
+

भारतको महाराष्ट्रमा शिवसेनाका बागी नेतालाई मुख्यमन्त्री बनाउन बीजेपीको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १८:१५

१६ असार, काठमाडौं । भारतको महाराष्ट्रमा शिवसेनाका बागी नेता एकनाथ शिन्दे मुख्यमन्त्री बन्ने भएका छन् । पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टी बीजेपीका नेता देवेन्द्र फडणवीसले शिन्दे मुख्यमन्त्री बन्ने र आफूहरुले समर्थन गर्ने घोषणा गरेका हुन् ।

फडणवीससँगको संयुक्त पत्रकार सम्मेलनमा शिन्देले महाराष्ट्रको विकासका लागि बीजेपीसँग हातेमालो गरेको बताए । उनले भने, ‘म मन्त्री थिएँ, मलाई कुनै समस्या थिएन, तर जब जनताले मसँग आएर महाराष्ट्रको बारेमा चिन्ता जनाए त्यसपछि मैले यो निर्णय गर्नु पर्‍यो ।’

वीजेपीले ठूलो दल भएर पनि आफूलाई मौका दिएको भन्दै शिन्देले वीजेपीको प्रसंशा गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहलाई धन्यवाद पनि दिएका छन् ।

उनले शिव सेनाका नेता निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेलाई समस्या बताउन चाहे पनि सफल नभएको बताए । महाराष्ट्रमा बलियो सरकार बनाउने दाबी गर्दै उनले बाला साहब ठाकरेको विचारलाई अघि बढाउने प्रतिवद्धता पनि जनाए । बाला साहब शिव सेनाका संस्थापक नेता हुन् ।

बाला साहबाका छोरा उद्धवले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । शिन्देसहितका केही सांसदले विद्रोह गरेपछि उद्धवको सरकार संकटमा परेको थियो । उद्धवले कंग्रेस आई र क्षेत्रीय दल नेशनल कंग्रेस पार्टीसँग मिलेर महाराष्ट्रको सरकार चलाइरहेका थिए ।

उद्धवले राजीनामा गरेपछि फडणवीस मुख्यमन्त्री बन्ने अनुमान गरिए पनि उनले शिन्देलाई अघि सारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?