+
+

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १३:२९
फाइल तस्वीर ।

३ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भएको भेटवार्तामा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन र समसामयिक विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । भट्टराईले आफू जसपाबाट अलग भए पनि सत्तारुढ गठबन्धनमै रहेको बताएका छन्  ।

मंगलबार नै प्रचण्ड र बाबुरामसँगै नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । उक्त भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र नेता बामदेव गौतम पनि सहभागी हुने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?