+
+

चुनावी तालमेलबारे छलफल गर्न जनता प्रगतिशील पार्टीले बनायो वार्ता समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते १७:३८
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी ।

७ साउन, काठमाडौं । जनता प्रगतिशील पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन र तालमेलका लागि छलफल गर्न वार्ता समिति गठन गरेको छ ।

पार्टीको शनिबार बसेको केन्द्रीय पदाधिकारीको विस्तारित बैठकले वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा उपाध्यक्ष साविर हुसेन र बाबा सरकार श्रेष्ठ रहेका छन् ।

अध्यक्ष हृदयेश त्रिपाठीका अनुसार समितिले आगामी निर्वाचनमा चुनावी गठबन्धन र तालमेलका विषयमा अरु राजनीतिक दलसँग वार्ता गर्नेछ । आफूहरुले अहिले पार्टी एकताको तयारी नगरेको त्रिपाठीले बताए ।

जनता प्रगतिशील पार्टीले प्रतिनिधिसभाबाट शुक्रबार नागरिकता विधेयक पारित भएकामा खुशी व्यक्त गरेको छ । यो विधेयकलाई राष्ट्रियसभाबाट पनि यथाशीघ्र पारित गर्नुपर्ने उसले बताएको हो ।

जनता प्रगतिशील पार्टीले कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाइ गर्न पनि माग गरेको महासचिव डा. भरतकुमार थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?