+
+

महान्यायाधिवक्ताको कार्यालयका उपसचिवले संसद सचिवालयका चालक कुटे

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १२:११

९ साउन, काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका उपसचिव बुद्धि श्रेष्ठले संसद सचिवालयमा कार्यरत गाडी चालक हरिराम रुपाखेतीलाई कुटेका छन् । सामान्य भनाभनमा आइतबार श्रेष्ठले ड्राइभर रुपाखेतीमाथि हातपात गरेका हुन् ।

संसद सचिवालयका सवारी व्यवस्थापन शाखाका प्रमुख कान्छा दुलालले चालकले असुरक्षित महसुस गरेको भन्दै दुई दिनदेखि कर्मचारी बोक्ने गाडी नचलाउँदा समस्या भएको बताए । उनका अनुसार ट्रेड युनियनसँग पनि छलफल भएको छ ।

चालक रुपाखेती भन्छन्, ‘उहाँ कहाबाट चड्नु भो थाहा भएन । यहाँ (सिंहदरबार गेट) आइपुगेपछि म चढ्ने बेलामा किन अगाडि बढाएको भन्दै निहु खोजे । त्यतिबेला गाडीमा ३/४ जना हुनुहुन्थ्यो । बढी हुन्छ्स् भन्दै कुट्नु भो । कुट्न थालेपछि अरुले गैहाल्नुस भनेर उहाँ (उपसचिव)लाई भगाइदिए ।’

आफू कुटिएको प्रहरीले पनि देखेको तर केही नगरेको उनले बताए । ‘पुलिसले पनि देखे, केही गरेनन् । के भो भन्दै ? मलाई नै सोधे । हामी साना मान्छेलाई यस्तै हुदो रहेछ’ उनले भने ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सचिवालयका चालकलाई महान्यायाधिवक्ताको कार्यालयका उपसचिव श्रेष्ठले थप्पड हानेको उल्लेख गर्दै कानुनी प्रक्रियामा जाने तयारी गरिएको बताए ।

‘बस चढ्न रोक्दा ठाउँमा रोकेनन् भनेर त्यही गाडीमा चढेर आएर झर्ने बेला ड्राइभरलाई थप्पड हानेर हिँडेछन्’ प्रवक्ता पाण्डेले भने, ‘अब थप्पड हान्ने उपसचिवविरुद्ध प्रक्रियामा जान्छौं । प्रहरी उजुरी दिने तयारी गर्दैछौं ।’

संसद सचिवालयमा १० वर्षदेखि कार्यरत रुपाखेतीले उपसचिव श्रेष्ठले आफूलाई धम्की दिएको भन्दै गाडी चलाउन छोडेका छन् । ‘गाडी लिएर आइस भने सल्लाघारीमा मान्छे लाएर पिटाउछु भनेका छन् । कसरी गाडी चलाउनु ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?