+
+

बसबाट ओर्लिंदै गरेका यात्रुको लडेर मृत्यु

सिटको फलामले वृद्धाको हात नै भाँचियो

सर्लाहीमा बसबाट ओर्लंदै गरेका एक यात्रुको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १८:१३

१५ साउन, जनकपुरधाम । सर्लाहीमा बसबाट ओर्लंदै गरेका एक यात्रुको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोडैना गाउँपालिका ३ बस्ने ३५ वर्षीय चन्दन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

डीएसपी यादवका अनुसार सुदामाबाट मलंगवातर्फ जाँदै गरेको ग.१ख ९४५२ नम्बरको बसबाट मलंगवा-२ स्थित झण्डाबजारमा ओर्लिरहेका चौधरीको सर्ट बसेको ढोकामा अल्झिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही बसमा सवार एक महिला सिटको फलामको डण्डीमा ठोक्किँदा घाइते भएकी छन् ।

गोडैता नगरपालिका ५ बस्ने ६५ वर्षीया इश्वरवत्ती देवी बसको सिटको फलामको डण्डीमा ठोक्किँदा बायाँ हातको कुमको हड्डी भाँचिएको छ भने खुट्टामा चोट लागेको डीएसपी यादवले बताए ।

बस कोडैना गाउँपालिका-२ लखनदही खोलाको पुल नजिकैको खाल्डो पार गर्ने क्रममा यो घटना भएको तथा घाइतेको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसलाई नियन्त्रणमा लिएको तथा फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?