+
+

बुटवल उपमहानगर परिसरमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १३:४९

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक्स्टेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।

एक्स्टेन्सन काउन्टरको शुभारम्भ मेयर खेलराज पाण्डेले एक कार्यक्रमका बीच गरेका छन् । एक्स्टेन्सन काउन्टरको शुभारम्भ गर्दै मेयर पाण्डेले बुटवल बजार व्यावसायिक क्षेत्र भएकाले काउन्टरबाट सरकारी कारोबार लगायत व्यावसायिक कारोबार समेतको माग रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले वडा कार्यलयहरुबाट समेत राजस्वा संकलन गर्ने योजना रहेको बताए ।

शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्स्टेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?