+
+

राष्ट्रपतिलाई गृहमन्त्रीको प्रश्न : ओलीको नागरिकता अध्यादेश पढ्नु भएन ?

लिलु डुम्रे लिलु डुम्रे
२०७९ भदौ ९ गते १७:४७

९ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता भएकोमा असन्तुष्टि जनाएका छन् ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाणले संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता भएकोमा असन्तुष्ट व्‍यक्त गरेका हुन् । ‘अध्यादेश राष्ट्रपतिले पढ्नु पर्ने थिएन ? अध्यादेश ल्याउँदा किन फिजीकरण भएन ?’ राष्ट्रपतिलाई गृहमन्त्री खाणको प्रश्न छ ।

कानुनमन्त्री र आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकहाँ पुगेर ‘तपाईंले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याउँछौ भनेको र सोही अनुसार विधेयक ल्याएको उल्लेख गर्दै उनले भने, ‘उहाँले एमालेका केही व्यक्तिलाई कुरा गर्नुस् भन्नु भएको हो । हामीले प्रतिपक्ष भूमिका निर्वाह गर्छौ। तर पारित गराउन सहयोग गर्दैनौ भन्नु भएको थियो ।’

एमाले अध्यक्ष ओलीसँगको कुराकानी अनुसार नै अध्यादेशको आधारमा विधेयक आएको र संघीय संसदबाट पारित भएको उल्लेख गर्दै प्रश्न गरे, ‘१४÷१५ दिन राष्ट्रपतिले रोकिदिनु भयो किन ?’ १४/१५ दिन रोकेर संदेशसहित फिर्ता पठाएको तर, राष्ट्रपतिले संदेशमा विधेयक संशोधन गर्ने विषय मात्रै नभएर संविधान नै संशोधन गर्ने विषय समावेश भएको उनले बताए ।

‘पारित विधेयकमा यो कुरा मिलेन भनि राष्ट्रपतिको कहीं उल्लेख छैन । तर, संविधान संशोधनसँग जोडिने प्रश्न छन्,’ उनले थपे, ‘संविधानको व्यवस्था परिवर्तन गर्नुपर्ने स्ट्यान्डले नागरिकताविहीनको उत्पीडन भएन ?’

संविधान संशोधनतिर जाने हो भने अनगरिकले नागरिकता प्राप्त गर्न झनै समय लाग्न सक्ने उनको भनाइ छ ।

आफूहरुले ल्याएको विधेयकमा गैरआवासीय नेपालीको व्यवस्था बाहेक कुनै पनि प्रावधान नथपिएको उनले पटक-पटक दोहोर्‍याए । साथै बाबुको स्वघोषणा आफूहरुले नभइ पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शब्द भएको उनले दाबी गरे । ‘स्व घोषणा तत्कालीन समयमा ओली सरकारले ल्याएको अध्यादेश मै उल्लेख थियो त’ गृहमन्त्री खाँणले भने ।

मन्त्री खाँण थप्छन्, ‘स्व घोषणा आमाले भर्ने फर्ममा राखिएको हुन्छ । आमालाई आँच ल्याउने गरी विधेयक ल्याएकै छन् । फर्म भर्दा बाबु नभएको घोषणा त गर्नु पर्यो ।’

समाजले बच्चालाई पहिचान दिएको छ भने त्यसकै आधारमा सर्जीमन हुने र नागरिकता प्राप्तीको प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था विधेयकमा रहेको उन्दै उनले थपे, ‘सामाजिक संस्थाले पनि सर्जमिन गरिदिँदा पनि बच्चाले नागरिक पाउँछ ।’

नागरिकता विधेयक रोकिँदा पाउनुपर्नेले नागरिकता नपाउने र रोक्न खोजिएको भनिएकाको हकमा निरन्तर रहने भएकाले विरोध गर्नुको औचित्य पुष्टि नहुने उनको जिकिर छ ।

उनले भने, ‘जो नागरिक आउँछन् भनी विधेयक रोक्न खोजिएको छ । जो पाइरहने हुन्,तिनीहरूले त विद्यमान व्यवस्था अनुसार पाइरहेकै छन् । तर, एमालेको कारणले विधेयक रोकिए नागरिकता जसले पाउनै पर्ने हो, ती वञ्चित हुन्छन्।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?