+
+

निहारिका राजपुतलाई मधेस सरकारको ५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १४:१३

१० भदौ, जनकपुरधाम । न्यायका लागि संघर्षरत निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले आर्थिक सहयोग दिने भएको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णय अनुसार राजपुतलाई कानूनी लडाईंका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् ।

राजपुतलाई आर्थिक सहयोग गर्नका लागि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाद्ये सिफारिस गरेका थिए ।

राजपूतले आफू बलात्कारमा परेको र बच्चा जन्मिएको भन्दै बलात्कारका आरोपी र बच्चाको डीएनए परीक्षणको माग गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?