+
+

उपेन्द्र सुब्बालाई दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १८:१५

काठमाडौं । यस वर्षको दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार साहित्यकार तथा फिल्मकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ ।

दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित पुरस्कार शुक्रबार काठमाडौंमा आयोजित समारोहमा सुब्बालाई प्रदान गरिएको हो । पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।

१९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, ईश्वर बल्लभ र इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’का  प्रकाशक थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका नेम्बाङ अध्ययन र निर्वासनका क्रममा दार्जिलिङ बसेका थिए ।

सम्मानित भएपछि साहित्यकार सुब्बाले यो पुरस्कारले आफूलाई अझ जिम्मेवार भएर कला र साहित्यमा लाग्ने प्रेरणा दिएको बताए ।

कार्यक्रममा कविहरु भीष्म उप्रेती, सुनिता तामाङ, विवश बलिभद्र कोइराला, अभागी थेगुवा, याम थुलुङ, लिला अनमोल, राजकुमार अनिश्चित, सेलिङ केसी, मायामितु लगायतले रचना वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?