+
+

द्विपक्षीय भेटवार्ताका लागि चिनियाँ नेता ली संसद भवनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १७:३६

२७ भदौ, काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले समकक्षी अग्नि सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।

काठमाडौं आइपुगेलगत्तै द्विपक्षीय भेटका लागि संसद भवन नयाँ बानेश्वर पुगेका लीलाई सभामुख सापकोटाले स्वागत गरेका छन् ।

दिउँसो ३ बजे काठमाडौं ओर्लिएलगत्तै होलट सोल्टी पुगेर केही समय आराम गरेका लीले औपचारिक भेटघाट सुरू गरेका छन् । संसद भवनको तिलिचो भवनमा सापकोटा र लीबीच भेट भएको छ ।

शिष्टाचार भेट सकिएसँगै चिनियाँ प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच द्विपक्षीय भेट सुरु भएको छ । भेटमा संसदमा रहेका दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेसका बीचमा द्विपक्षीय सहकार्य गर्ने तथा भ्रमण आदान–प्रदानलगायत सम्झौतामा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?