+
+

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १७:३०

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

अनधिकृत संरचना हटाउन पटक-पटक अनुरोध गरेता पनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जानकारी दिएको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो ।

महानगरले न्यू बिहान किचेन स्टोर्स र टपरी मःम पसलको भत्काएको छ । सोह्रखुट्टे चोकमा डोजर चल्न थालेपछि केही घरधनी र महानगर प्रहरी बीच विवाद भएको छ । विवाद पछि महानगर प्रहरी प्रमुख पाण्डले जनप्रतिनिधिको आदेश अनुसार अतिक्रमण हटाउन आएको भन्दै महानगरको काममा अवरोध नगर्न भनेका थिए ।

महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?