+
+

१३ वर्षपछि पुनः रिलिज हुँदा ‘अवतार’ले नेपालमा कति ओपनिङ गर्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १२:१७

काठमाडौं । १३ वर्षपछि जेम्स क्यामरुन निर्देशित हलिउड साइन्स-फिक्सन फिल्म ‘अवतार’ नेपाली हलमा पुनः प्रदर्शनमा आएको छ । सीमित पर्दामा रिलिज भएको फिल्मलाई पहिलो पटक हेर्ने र दोहोर्‍याएर हेर्ने दर्शक छन् ।

रि-मास्टरिङसहित फोरके रिजोलुसनमा रिलिज भएको फिल्म दशकपछि हेर्दा पनि उत्तिकै जीवन्त र शक्तिशाली लाग्छ । फिल्मको दोस्रो श्रृंखला पुस १ गते प्रदर्शन तयारीमा छ । दर्शकलाई दोस्रो भाग देखाउनुअघि डिज्नेले पहिलो भागको रि-रिलिज गरेको हो ।

नेपाल वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले दुई दिनमा २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । एप्पलकी कविता महर्जनका अनुसार दुई दिनको यो कमाइ अपेक्षाकृत चाहिं होइन । सीमित हलमा रिलिज भएको फिल्मलाई सीमित समयका लागि मात्र हेर्न पाइनेछ ।

‘अवतार’को पुनः प्रदर्शनबाट फिल्मले पहिलो सप्ताहन्त अन्तर्राष्ट्रिय बजारमा २५ मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ । शुक्रबार १३ विदेशी बजारमा ७.७ मिलियन डलर कमाइ भएको छ ।

भारतमा भएको पुनः प्रदर्शनमा फिल्मले शुक्रबार १.७५ करोड भारु कमाएको छ । अवतार : द वे अफ वाटर पुस १ गते प्रदर्शनको तयारीमा छ । यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?