+
+

सर्वसाधारणलाई दशैंको टीका : पूर्वराजाले नलगाउने, राष्ट्रपतिले लगाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १५:१७
राष्ट्रपतिको हातबाट टीका लगाउँदै विशिष्ट व्यक्तिहरू। तस्वीर : फाइल ।

१८ असोज, काठमाडौं । राष्ट्र प्रमुखले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने राजतन्त्रले चलाएको चलन गणतन्त्र कालमा पनि कायम छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरिरहेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले भने सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।

‘टीका र प्रसाद प्रदान कार्यक्रम भन्दै राष्ट्रपति कार्यलयले दुईथरि कार्यक्रम राखेको छ । विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

गणतान्त्रिक नेपालका राष्ट्र प्रमुखले जहाँबाट यो चलन सिके त्यो चलन चलाउने पूर्व राजा ज्ञानेन्द्रले भने यस पटक सर्वसाधारणलाई टीका नलगाइदिने बताएका छन् ।

बढिरहेको डेंगुलाई कारण देखाउँलै उनले टिका नलगाउने बताएका हुन् । डेंगुकै कारण उनले यो दशैंमा शक्तिपीठहरुको दर्शन पनि नगर्ने बताएका छन् ।

तर, राष्ट्रपतिले भने ९ जना कन्यालाई कार्यलयमै बोलाएर नवदुर्गादेवीको पूजा गरिन् ।पूजाका लागि बोलाएकी कन्याहरुलाई दक्षिणासहित टीका लगाएर लत्ताकपडा समेत उपहार दिइएन ।

पूजाआराधानाका लागि राष्ट्रपति कार्यालयमा बोलाइएका ती कन्याले ‘रातो टीका निधारमा‘ र ‘फेरि कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा राष्ट्रपतिलाई नाचगान पनि देखाए ।

पछिल्ला तीन वर्षदेखि पूर्वराजा ज्ञानेन्द्रले दशैंमा सर्वसाधारणलाई टीका लगाउन स्थगित गरेका छन् । सर्वसाधारणलाई टीका लगाउने राजतन्त्रको चलन सिको गर्दा राष्ट्रपति कार्यालय विवादमा समेत तानिएको छ ।

राष्ट्रपति भण्डारीले ०७६ मा दशैं टीका लगाउँदाको तस्वीरसमेत विवादित बनेका थिए । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिका अगाडि घुँडा टेकेर टीका थापेको तस्वीर आलोचित बनेको थियो ।

कुर्सीमा बसेकी राष्ट्रपतिसँग अरु विशिष्ट अधिकारी र पूर्वविशिष्ट पदाधिकारीले घुँडा टेकेर र झुकेर टीका लगाएको दृश्यलाई धेरैले ‘अशिष्ट र अमर्यादित कार्यका रूपमा अर्थ्याएका थिए ।

यो वर्षको दशैंको टीकाको साइत बुधबार बिहान ११ : ५१ मा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?