+
+

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा-काठमाडौँ यातायात अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते ११:०८

२२ असोज, मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ ।

उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट आएका र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रुपमा राखिएको भैँसे प्रहरीले जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?