+
+

सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १२:३०

२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ ।

डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिनुहुन्छ’ जसपा प्रवक्ता मनिष सुमनले भने । उम्मेदवारी दर्ता गराउन यादव दिउँसो ३ बजेपछि जाँदैछन् ।

सप्तरी-२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिँदैछन् । ठाकुरले २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएर १० हजारभन्दा बढी मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?