+
+

छविले दिए रेखालाई जितको शुभकामना : तपाईंको राजनीतिक यात्रा सफल रहनेमा ढुक्क छु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १६:४७

काठमाडौं । वैवाहिक सम्बन्ध टुंगिए पनि फिल्म निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाबीचको सम्बन्ध आत्मीय देखिन्छ ।

महत्वपूर्ण सन्दर्भ र अवसरमा यी दुईले एकअर्कालाई बधाई तथा शुभकामना दिइरहेका हुन्छन् । रेखाले पनि छविलाई उनको जन्मदिनसहितका अवसरमा शुभकामना दिइरहेकी हुन्छिन् ।

यस्तोमा, रेखालाई चुनावी विजयको शुभकामना दिंदै ओझाले त्यो सहिष्णुता प्रस्तुत गरेका छन् । राप्रपाको तर्फबाट मोरङ-३ बाट रेखाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि छविले सामाजिक सञ्जालबाट उनलाई शुभकामना दिएका छन् ।

रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको बताउँदै ओझाले राजनीतिक यात्राको सफलताको कामना गरेकी छन् ।

छवि लेख्छन्, ‘कलिलो उमेरमै नेपाली सिनेक्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्रकै गौरव बन्न सफल, चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दशकसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिका हाल राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु । तपाईंको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु । रेखाजी तपाईंलाई जितको लागि अग्रिम शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?