+
+

तरलता न्युन भएपछि बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते ११:४१

२७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । २७ असोज बिहीबार रिपोमार्फत उक्त तरलता पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ ।

उक्त तरलता सुविधा प्रयोग गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले बिहिबार आज ३ बजेसम्म अक्सनको लागि आवेदन पेश गर्नुपर्ने हुन्छ । न्युनतम १० करोड र त्यसभन्दा माथि राष्ट्र बैंकले तरलता प्रवाह गर्न लागेको सीमासम्म ५ करोडले भाग जाने रकममा आवेदन पेश गर्न सक्ने केन्द्रिय बैंकले जनाएको छ । सात दिन अवधिको उक्त रिपो ३ कात्तिकमा परिपक्व हुनेछ ।

चालु आर्थिक वर्षको सुरुवातबाट लगानीयोग्य स्रोतको अभाव खेपिरहेको बैंकहरुलाई यसअघि नै राष्ट्र बैंकले १ खर्ब रुपैयाँ रिपोमार्फत तरलता उपलब्ध गराइसकेको छ । यस बाहेक ‘आउटराइट पर्चेज’ मार्फत ४३ अर्ब ७० करोड बैंकिङ प्रणालमिा तरलता पठाएको छ ।

त्यस्तै बैंकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत २० खर्ब ५० अर्ब ८६ करोड ३४ लाख र ओभरनाइट रिपोमार्फत ५५ अर्ब ५२ करोड ९५ लाख गरी हालसम्म कुल २२ खर्ब ५० अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको तरलता सुविधा उपयोग गरेका छन् ।

रिपो भनेको के हो ?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता अभाव हुँदा तरलता पठाउने गर्छ भने अधिक हुँदा तरलता खिच्ने गर्छ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो ।

यस्तै साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?