+
+

‘दृश्यम २’ ट्रेलर : अजयको क्राइम थ्रिलर फिल्ममा अक्षय खन्नाको जबरजस्त ‘इन्ट्री’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १४:५४

काठमाडौं । अजय देवगण स्टारर क्राइम थ्रिलर बलिउड फिल्म ‘दृश्यम २’को ट्रेलर सार्वजनिक भएको छ । यो सन् २०१५ मा रिलिज भएको हिट फिल्म दृश्यमको सिक्वेल हो ।

एक रहस्यमयी हत्याको घटनामा आधारित फिल्ममा यस पटक प्रहरी अधिकृतको भूमिकामा अक्षय खन्नाको जबरजस्त प्रवेश भएको ट्रेलरले देखाउँछ । साथमा अघिल्लो श्रृंखलामा प्रहरी अधिकृतकै भूमिकामा रहेकी तब्बु दृश्यम २ मा पनि छिन् ।

एक हत्याको घटनालाई अजयको परिवारले लुकाउन गरेको प्रयास र प्रहरीले गरेको अनुसन्धान फिल्मको कथावस्तु हो ।

अभिषेक पाठक निर्देशित फिल्ममा श्रीया सरन, ईशिता दत्त, मृणाल जाधव, रजत कपुर लगायतले पनि अभिनय गरेका छन् । दृश्यम कन्नड फिल्मको रिमेक भर्सन हो । दृश्यम २ आगामी नोभेम्बर १८ मा भारतलगायत विश्वभर रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?