+
+

गुल्मीमा कृत्रिम फूलमालाकै भर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते ११:३४

५ कात्तिक, गुल्मी । भाइटीकाको दिन नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । तिहारको लागि प्रयोग गरिने फूलका मालाहरुको सट्टामा कृतिम फूल मालाकै भर पर्नु अवस्था गुल्मीमा रहेको छ ।

तिहार पर्वलाई मध्यजनर राखेर गुल्मी सदरमुकाम तम्घास बजारमा फूलको मालाको सट्टामा प्रयोग हुने कृतिम मालाहरू यसवर्ष पनि भित्रिने गरेका छन् ।

जिल्लाका केही तहले कृतिम माला निषेध गरे पनि गाउँमा पर्याप्त मात्रामा फूलहरु पनि नभएकाले कृषि फूलका मालाहरु भित्रिएका हुन् ।

गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरूको खेती समेत नगर्नुले पनि कृति मालाहरु प्रयोग बढ्ने क्रम बढदो छ । गुल्मी जिल्लामा केही ठाउँमा व्यवसायिकरुपमा फूल खेतीको सुरु गरे पनि त्यो पर्याप्त छैन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० को सिमीचौरमा बिनोद कुँवरले २ रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा फूल खेतीको सुरुवात गरेका छन् । उनले उत्पादन गरेको फूल चाडपर्व र अन्य समयमा पनि बिक्री हुने गरेको कुँवरले बताए ।

उनले फूल खेतीबाट राम्रो आत्दानी गर्न सकिने उनको भनाई छ ।तर जिल्लामा यो भन्दा ठूलो संख्यामा फूल खेती गरेको पाइँदैन् । जसले गर्दा पनि चाडपर्वमा कृतिम मालाकै भरपर्नुपर्ने अवस्था रहेको छ ।

गाउँमा फूलको खेती पनि नगर्नु र केही आफैं उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृतिम फूलमा आश्रति हुनु परेको छ । त्यसको अन्तय गर्न जिल्लाका स्थानीय तहले कृतिम फूलका मालाहरुलाई निषेध गर्न र आफैंले उत्पादन गरेको मात्रै लगाउन प्रोत्साह गर्नुपर्ने गुल्मीको धुर्कोट निवासी पुस्कर खड्काले बताए ।

फूल खेतीको विस्तार गर्न स्थानीय तहले नै फूलका बेर्ना वितरण गरेर स्थानीयलाई यस खेतीतर्फ आकषिर्त गर्नुपर्नेमा जोड दिए ।

तिहारको पाँचौ दिन भाइटीकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ । गाउँमा फूलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृतिम मालाहरु लगाइदिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?