+

महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?

२०७९ कात्तिक  ६ गते १२:४१ २०७९ कात्तिक ६ गते १२:४१
महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?

सन्तानका योजना बनाइरहेकाले होस् वा सन्तानका रहर पुगेकाले, गर्भधारण चक्रबारे जान्नुपर्ने हुन्छ । खासगरी महिनावारी भएको दिनलाई आधार बनाएर गर्भ रहने वा नरहने टुंगो गर्न सकिन्छ ।

कतिलाई कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? वा कसरी गर्भ रहन्छ भन्ने जानकारी नहुन सक्छ । यस्तोमा महिनावारी चक्रअनुसार कुन अवधिमा यौन सम्पर्क भएमा गर्भ रहन्छ र कसरी थाहा पाउने ?

महिनावारी चक्र र यौन सम्पर्क

महिनावरी चक्र नियमित छ भने कुन दिन गर्भ रहन्छ भन्ने कुरा टुंगो गर्न सकिन्छ । जस्तो हरेक २८ दिनमा महिनावारी हुनुलाई महिनावारी चक्र नियमित भएको बुझिन्छ । कसैमा २८, कसैमा ३० वा ३२ दिनभित्र महिनावारी हुनसक्छ । यसलाई पनि नियमित महिनावारी भनिन्छ ।

यसरी महिनावारी चक्र नियमित छ भने कुन दिन शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ भन्ने ठ्याक्कै थाहा हुन्छ ।

महिनावारी चक्र नियमित छ भने अण्ड बन्ने प्रक्रिया महिनावारी भएको १४ दिनअघि अर्थात् दुई हप्ताअघि हुन्छ । त्यसैले महिनावारी भएको १० देखि २० दिनभित्रमा यौन सम्पर्क भएमा गर्भ रहने सम्भावना बढी हुन्छ ।

कुनै पनि अवधिमा गर्भ रहन्छ भन्ने कुरालाई महिनावारी चक्रले एकदमै धेरै असर गर्छ अर्थात् नियमित महिनावारी भएको अवस्थामा मात्र गर्भ कुन समयमा रहन्छ भन्ने कुराको टुंगो हुन्छ । यदि महिनावारी नियमित छैन भने गर्भ रहने कुराको टुंगो हुँदैन ।

गर्भ रहे नरहेको कुरा

यौन सम्पर्कपछि अण्ड र वीर्यको निषेचन भएको सात दिनभित्र नै गर्भ रहे नरहेको कुरा थाहा हुन्छ । तर कहिलेकाहीं ढिला निषेचन भयो भने चाहिं एक–दुई हप्तासम्ममा गर्भ रहे नरहेको थाहा हुन्छ ।

गर्भ रहेको लक्षण

गर्भ रहेमा सबैभन्दा पहिले देखिने लक्षण महिनावारी नहुने हो । गर्भ रहेपछि महिलाको शरीरमा ‘बिटा एसिड’ हर्मोन बढ्दै जान्छ र बान्ता हुने, तल्लो पेट दुख्नेजस्ता लक्षण देखा पर्छन् ।

अनियमित महिनावारीमा गर्भको टुंगो हुँदैन

महिनावारी गडबड वा अनियमित भएको अवस्थामा भने कुन अवधिमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ भन्ने कुराको टुंगो हुँदैन । महिनावारी गडबड हुनेहरूमा धेरै प्रयास गर्दा पनि गर्भ नरहने समस्या पनि देखिन्छ ।

त्यस्तो भएको खण्डमा के कारणले महिनावारी गडबड भएको हो त्यसको उपचार गर्नुपर्छ । त्यसपछि समस्या समाधान हुन्छ र चिकित्सकले महिनावारी नियमित हुने औषधि दिन्छन् । महिनावारी नियमित भएपछि मात्र कुन समयमा गर्भ रहन्छ भन्ने कुराको टुंगो लगाउन सकिन्छ ।

महिनावारीमा यौन सम्पर्क र गर्भको सम्भावना

केहीलाई महिनावारीको बेला यौन सम्पर्क गर्दा पनि गर्भ रहने सम्भावना हुन्छ । जसको महिनावारी नियमित छैन, ढिलो ‘ओभिलियसन’ हुन्छ भने त्यस्तो व्यक्तिलाई महिनावारीको बेला सम्बन्ध राख्दा पनि गर्भ रहन सक्छ ।

सामान्यतः अण्डा २४ देखि ४८ घण्टासम्म सक्रिय हुन्छ भने वीर्य ४८ देखि ७२ घण्टासम्म सक्रिय हुन्छ । जसले केही महिलाको महिनावारी गडबड हुन्छ । उनीहरूको अण्डा ढिलो अथवा छिटो बन्यो भने महिनावारीको समयमा सम्पर्क भयो भने गर्भधारण हुने सम्भावना हुन्छ ।

गर्भधारणको सही समय

गर्भधारणको लागि सबैभन्दा सही समय महिनावारी भएको १४ दिनअघि हो । किनकि महिनावारी भएको १४ दिनअघि अण्डा बन्छ र त्यो समयमा सम्पर्क हुँदा अण्डा र वीर्य मिलेर निषेचन हुन्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. शाहसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डा. साधना शाह महिनावारी
लेखक
डा. साधना शाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वको वैद्यचोक

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वको वैद्यचोक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा : जनशक्ति बढ्यो, गुणस्तरमा चुनौती

नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा : जनशक्ति बढ्यो, गुणस्तरमा चुनौती

कहिले नसुत्ने मस्तिष्क

कहिले नसुत्ने मस्तिष्क

सरकारी अस्पताल चाहिँ गुणस्तरीय नभए पनि हुन्छ ?

सरकारी अस्पताल चाहिँ गुणस्तरीय नभए पनि हुन्छ ?

गाईको घिउ कि भैंसीको घिउ : मुटुको स्वास्थ्यका लागि कुन राम्रो ?

गाईको घिउ कि भैंसीको घिउ : मुटुको स्वास्थ्यका लागि कुन राम्रो ?