+
+

जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १०:५१

२० कात्तिक काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । १९ कात्तिक शनिबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको ७३ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वाषिर्क साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?