+

पेटमा खानेकुरा पुगेपछि के हुन्छ ?

२०७९ कात्तिक  २१ गते १६:५३ २०७९ कात्तिक २१ गते १६:५३
Shares
पेटमा खानेकुरा पुगेपछि के हुन्छ ?

काठमाडौं । जब कुनै खानेकुरा देख्छौं, हामीलाई खाउँखाउँ लाग्छ । मुखमा पानी आउँछ । स्वाद मानीमानी खाइदिन्छौं ।

तर के खानेकुरा कस्तो थियो ? स्वास्थ्यका लागि ठीक थियो वा थिएन ? यसबारे हाम्रो पटक्कै ध्यान जाँदैन । हामीलाई त आँखाले हेर्दा आकर्षक लाग्ने र मन लोभ्याउने खानेकुरा भए पुग्छ । यसरी जिब्रोले मागेको खानेकुरा हामी यसरी खाइदिन्छौं कि ‘जे आउँछ मज्जाले पचाउँछ’ भने जसरी ।

तर हाम्रो शरीरको पचाउने प्रणाली फरक छ । हामीले खाएको खानेकुरालाई पचाउनका लागि पाचनयन्त्रले अतिरिक्त काम गर्नुपर्ने हुन्छ । आखिर कस्तो हुन्छ हाम्रो पाचन प्रणाली ? कसरी खाएको कुरा पचाउने काम हुन्छ ?

पाचन प्रणालीले कसरी काम गर्छ ?

जब हामी खानेकुरा खान्छौं, मुखबाटै पचाउने प्रक्रिया सुरु हुन्छ । यसको मुख्य भूमिका हुन्छ, दाँतको । दाँतले खानेकुरा टुक्रा बनाउँछ । यसरी खानेकुरा टुक्रा भइरहँदा मुखमा पाचन रस आउँछ । मुखको वरिपरि हुने र्‍याल ग्रन्थिबाट यस्तो इन्जाइम निस्कन्छ ।

यो इन्जाइम खानासँग घुल्छ । यसमा जिब्रोले खास भूमिका खेल्छ । यी खानेकुरालाई जिब्रोकै सहायताले खाना नलीसम्म पुर्‍याउँछ ।

अब खाना सोझै भूँडीमा पुग्छ । यी खानेकुरा एकदेखि डेढ घण्टासम्म पेटमै रहन्छ । पेटमा अम्ल पैदा हुन्छ, जुन खानेकुरासँग घुल्न थाल्छ । पेटको मांसपेशीले यी खानेकुरालाई राम्ररी घुल्ने काम गर्छ । यसलाई क्राइन भनिन्छ ।

क्रमशः पेटमा हुने काइम सानो आन्द्रामा पुग्छ । सानो आन्द्रामा तीन वटा भाग हुन्छ–डुओडिनुम, जेजुनुम, आइलियम । अन्द्राको भित्री तहमा यी तीन भाग र अग्नाशयबाट पनि खाना पचाउने इन्जाइमहरु निस्कन्छन् ।

अब खाना आन्द्रामा पुग्छ, जहाँ पित्तथैलीबाट पैदा हुने पितमा खाना घुलिन्छ । पित आवश्यकता अनुसार मात्र निस्कन्छ । यसपछि खाना ठूलो आन्द्रामा पुग्छ । त्यहाँसम्म पुग्दा खानाबाट धेरै पोषकतत्व शरीरले लिइसकेको हुन्छ ।

बाँकी रहेका पदार्थ मलाशयमा जम्मा हुन्छ, सो समयमा मान्छेलाई दिसा लाग्छ ।

कुन बेला भोक लागेको महसुस हुन्छ ?            

जति बढी हाम्रो ऊर्जा सकिन्छ, त्यति हामीलाई भोक लाग्न सक्छ । कुनै काम वा व्यायाम शक्ति खर्च हुन्छ भने पनि छिटो हामीलाई भोकको अनुभव हुन्छ । त्यो पूर्ति खानेकुराले गर्ने गर्छ । कमी भएको खण्डमा भोक नलाग्ने हुनसक्छ । भोक नै नलागे पनि खानेकुरा र पानी समय–समयमा खाइराख्नुपर्छ । पटक–पटक भोक लाग्नु मधुमेह जस्ता रोगको सुरुवाती चरण पनि हुनसक्छ ।

अम्ल हाम्रो पेटमा भइराख्ने तत्व हो । भोक लागेको अवस्थामा खानेकुराको बास्ना आयो वा खानेकुरा खाँदैछु भन्ने सोच मात्र आयो भने पनि अम्ल उत्पादन वृद्धि हुँदै आउँछ ।

खानेकुरको रसायनिक प्रतिक्रिया

खानेकुरामा फ्याट, कार्बोहाइड्रेट, प्रोटिन समावेश हुन्छ । प्रोटिनले एमिनो एसिड बनाउने गर्छ, जुन शरीरले सोसेर रगतसम्म पुर्‍याउँछ ।  त्यस्तै अग्नाशयले ट्राइपसिन इन्जाइम बनाउँछ । अरु इन्जाइमहरुले पनि निस्केर प्रोटिन एमिनो एसिडमा टुक्रिन्छ । बोसोयुक्त खानेकुरा खाएपछि पित्तथैलीबाट लिक भइसकेपछि अग्नाशयबाट अरु इन्जाइम निस्कन्छ । त्यसले पनि फ्याटी एसिडमा टुक्राउँछ, जुन शरीरले सोस्ने काम हुन्छ । कार्बोहाइड्रेट चिनीमा परिणत हुन्छ र त्यसलाई शरीरले आवश्यकता अनुसार लिने गर्छ ।

खराब खानेकुरा पेटमा पुगेपछि

शरीरले खराब खानेकुरालाई दुई भागमा विभाजित गर्छ । शरीरले सहन नसक्ने, जुन धेरै अमिलो, पिरो, चिल्लो हुन्छ । यसले शरीरमा एसिडको मात्रा बढाएर एसिडिटी हुने, पेट पोल्ने गर्छ । अर्को भनेको सडेगलेको, बासी खानेकुरा । यसले शरीरमा बिकार पैदा गर्छ । विभिन्न संक्रमण हुने, पखाला लाग्ने कारण यस्तै खानेकुराले गर्दा हो ।

आमाशयको काम

आमाशयको मुख्य काम भनेको हामीले निलिसकेको खानेकुरालाई भण्डारण गर्ने, त्यहाँ भएका एसिड र पेप्सिनलाई मिसाउने, समय–समयमा थोरै मात्रामा खानेकुरा सानो आन्द्रामा पठाउने हो, ताकि त्यो खानेकुरा सानो आन्द्रामा पुगेपछि राम्ररी पचाउन सकियोस् ।

शरीरलाई जरुरी पोषकतत्व

शरीरलाई दैनिक रुपमा खानाको माध्यमबाट कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन, फ्याट, मिनरल चाहिन्छ । यसले शरीर सञ्चालन गर्ने, शक्ति दिने, शरीरको विकास गर्ने जस्ता भूमिका खेल्छ । तर यी तत्व कति मात्रामा चाहिन्छ भन्ने कुरा मान्छेको उमेर र स्वास्थ्य स्थिति हेरेर निर्धारण हुन्छ । सामान्यतः मान्छेलाई दैनिक दुई हजार क्यालोरी भए पुग्छ । जबकि गर्भवती र बालबच्चालाई यो भन्दा बढी क्यालोरी चाहिन्छ ।

पोषकतत्व यसरी पुग्छ शरीरका कोषमा 

खानेकुरा पचिसकेपछि त्यो सुगरमा रुपान्तरण हुन्छ । त्यही सानो आन्द्रामा रहेका रगतका धमनीहरुबाट हाम्रो शरीरको कोषहरुमा पुग्छ । प्रयोगमा नआएका तत्वहरु भने कलेजोमा पुगेर भण्डारण हुन्छ, जुन आवश्यक परेको बेला शरीरले प्रयोगमा ल्याउँछ ।

पाचनयन्त्र चुस्त बनाउने काइदा

पाचनयन्त्रलाई स्वस्थ बनाउन सही, ताजा, सन्तुलित, सुपाच्य खानेकुरा खानु जरुरी छ । शरीरलाई जरुरी पोषकतत्व भिन्नभिन्नै खानामा पाइन्छ । त्यसैले यी फरक–फरक खानेकुरा खानु उपयुक्त हुन्छ, ताकि सबै किसिमको पोषकतत्व प्राप्त होस् ।

धेरै मान्छेले स्वस्थ रहन मुख बार्ने गर्छन् । तर कुनै पनि खानेकुरा खाँदैमा त्यसले न त धेरै फाइदा गर्छ न त धेरै हानि नै । शरीरको माग अनुसार सही खानेकुरा खान डराउनु पर्दैन । यदि कुनै रोग लागेको अवस्था छ भने त्यही अनुरुप खानपान तालिका निर्धारण गर्न सकिन्छ ।

स्वस्थ खानासँगै व्यायाम एक अनिवार्य हुन्छ । व्यायामले पाचनयन्त्रलाई बलियो र चुस्त बनाउन सहयोग गर्छ । खानेकुरा राम्ररी पचाउन व्यायाम गर्नुपर्छ ।

(डा. मुकेश शर्मा पौडेल काठमाडौंको वीर अस्पतालका प्रमुख कन्सलटेन्ट तथा ग्याष्ट्रोइन्टरोलोजिस्ट हुन् । उनले एमडी इन इन्टरनेशनल मेडिसिन र डीएम इन ग्याष्ट्रोइन्टरोलोजी गरेका छन् ।)

मनिषा थापाले गरेको कुराकानीमा आधारित

खानेकुरा पाचन प्रक्रिया
डा. मुकेश शर्मा पौडेल
लेखक
डा. मुकेश शर्मा पौडेल
वरिष्ठ ग्यास्ट्रोइन्ट्रोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७५३९ अध्ययन : एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी, ग्यास्ट्रोइन्ट्रोलोजीमा डीएम हाल काठमाडौंस्थित वीर अस्पतालको ग्यास्ट्रोलोजी विभाग प्रमुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

शिशुमा एसिड रिफ्लक्स भएको कसरी थाहा पाउने ? कारण र सामाधानका उपाय

शिशुमा एसिड रिफ्लक्स भएको कसरी थाहा पाउने ? कारण र सामाधानका उपाय