+
+

डेंगु संक्रमणबाट पर्साका एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १६:२२

२७ कात्तिक, वीरगञ्ज । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु संक्रमण भएको पुष्टी भएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि हेल्थ केयरले थप उपचारका लागि कात्तिक २३ गते काठमाण्डौं रिफर गरेका थियो ।

कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा उपचारको क्रममा शनिबार राति उनको मृत्यु भएको मृतकको काका कसुनी मिर्दाहा थारुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?