+
+

मकवानपुर १ मा सुरुदेखि तेश्रो रहेका दीपक सिंहले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ११:२४

८ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा सुरुदेखि तेश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रता लिएका छन् ।

उनले १८ मतको अग्रता बनाएका हुन् ।

पछिल्लो विवरण अनुसार उनले २३ हजार ३५८ मत पाएका छन् ।

सुरुदेखि नै अग्रता लिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३४० मत पाएकी छिन् ।

नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राप्रपा नेपालका कमल थापाले भने २२ हजार ६५८ मत पाएका छन् ।

अब मकवानपुर उपमहानगरपालिकाको वडा नम्बर ९ र १० को मत गन्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?