+
+

ट्वीटरमा इन्जिनियर बर्खास्त, ह्याकरलाई जागिर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १७:२५

ट्वीटरका नयाँ मालिक एलन मस्कले हालै कम्पनीका करिब चार हजार कर्मचारीलाई जागिरबाट बर्खास्त गरिसकेका छन् । पुराना कर्मचारी हटाएसँगै मस्कले रिक्त स्थानमा नयाँ कर्मचारीहरु भटाभट भर्ना गर्ने अपेक्षा गरिएको छ ।

यसैक्रममा एलन मस्कले हालै जर्ज हट्ज नामका युवकलाई ट्वीटरमा जागिर दिएका छन् । ट्वीटर प्रवेश गरेका जर्ज तिनै युवा हुन् जो सन् २००७ मा आइफोन ह्याक गरेर चर्चामा आएका थिए । उनी नै पहिलो व्यक्ति हुन् जसले ह्याक गरेर आइफोन अनलक गरेका थिए ।

यसअघि उनी एलन मस्कको स्पेस एक्स कम्पनीसँग पनि जोडिएका थिए । ट्वीटरमा सर्च अप्सनमा रहेका समस्या समाधान गर्ने प्रयोजनका लागि मस्कले जर्जलाई ट्वीटर कम्पनीमा भित्र्याएका हुन् ।

ट्वीटरका अधिकांश इन्जिनियरहरुले वर्षौंसम्म गर्न नसकेको उक्त काम पूरा गर्न जर्ज हट्जलाई १२ हप्ताको समय दिइएको छ । जर्जले ट्वीट गर्दै भनेका छन्, ‘म सन फ्रान्सिस्कोमा बस्ने मूल्यमा ट्वीटरमा १२ हप्ताको इन्टर्नसिप गर्न तयार छु ।’

एलन मस्कले उनको ट्वीटरको जवाफमा कुराकानी गर्ने प्रस्तावसँगै दिए । त्यसपछि हट्जले भने, ‘म १२ हप्तामा डकुमेन्ट तथा ती एक हजार माइक्रोसर्भिसेसमध्ये केहीलाई सफा गर्नमा सहयोग गर्न सक्छु ।’

ह्याकरको पहिचान बनाएका जर्ज ट्वीटरमा प्रशिक्षार्थी (इन्टर्न) को रुपमा रहनेछन् । ट्वीटर प्लेटफर्मको सर्च अप्सनमा रहेको समस्या समाधान गर्न उनलाई केवल १२ हप्ताका लागि राखिनेछ ।

जर्ज हट्ज कार्नेगी मेलन विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा स्नातक युवा हुन् । उनले गुगल, फेसबुक तथा स्पेस एक्स लगायतका कम्पनीमा इन्टर्नसिप गरिसकेका छन् । उनले सन् २०१५ देखि २०१८ सम्म कोम्मा डट एआईको सीईओ थिए । अहिले उनले नयाँ मालिक एलन मस्कबाटै ट्वीटरमा प्रशिक्षार्थीको रुपमा गहन जिम्मेवारी प्राप्त गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?